उज्यालो नगर अभियानमा सक्रिय हलेसी तुवाचुङ्ग

फ्रन्टलाइन पालिका । खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिकाले तय गरेको नगरको गौरवको आयोजना अन्तर्गत हालै नगरपालिकाको वडा नम्बर ६ मंगलटारमा विधुत उद्घाटन गरि उज्यालो वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । सोही उपलक्ष्यमा नगरप्रमुख इवन राईले सम्पुर्ण सरोकारवाला एवम् समस्ता नागरिकहरुलाई बधाई तथा सुभकामना दिनुभएको छ ।


नगरप्रमुख राईले नगरपालिकाको कार्य समुह सबै क्षेत्रमा बास्तविक अर्थमा परिवर्तन र सम्बृद्विको राहत महशुस गराउदै अघि बढेको बताउनुभएको छ । हालसम्म सबैको सहयोग मिलेको र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा समेत उहाँले राख्नुभएको छ ।

frontline


अरू वडामा पनि क्रमिक रूपमा विधुत विस्तार गरि उज्यालो वडा घोषणा गर्दै ’उज्यालो नगर सबैको रहर’ अभियान पुरा गर्ने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ । नगरप्रमुख राईले सो अभियानमा सहयोग गर्नुहुने कार्यपालिकाको टिम,नगर सभाका सदस्य ज्यूहरू, विधुत प्राधिकरण खोटाङ, नगरका कर्मचारी र उपभोक्ता समितीको साथीहरू, राजनीतिक दल र वडा परिवार सबै सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here