उच्च शिक्षा अध्ययनका लागि कमलामाई नगरपालिकाले ५ लाख विनाधितो, विनाब्याज ऋण दिने निर्णय

सुनिताको सिए बन्ने सपना पूरा गर्दै कमलामाई नगरपालिका

काठमाडौं सिन्धुली कमलामाई नगरपालिकाले एक छात्रालाई उच्च शिक्षा अध्ययनका लागि विनाधितो ५ लाख ऋण दिएको छ ।

frontline

नगरपालिकाले यो पहिलोपटक प्रदान गरेको हो ।

कमलामाई नगरपालिका ५ की सुनिता श्रेष्ठलाई सिए अध्ययन पूरा गर्नका लागि नगरपालिकाले ५ लाख विनाधितो ऋण उपलव्ध गराएको हो ।

उनले प्लसटु माइलस्टोन कलेजबाट उत्तीर्ण गरेका थिए । मध्यम आर्थिक अवस्थाका परिवारका सुनिताले चार्टर्ड एकाउन्टेन्ड पढ्ने रहर गरिन् ।

सिए पढ्न बढी खर्चिलो छ, तर सुनिताले हिम्मत हारिनन् र पढ्न थालिन् ।

काठमाडौंको प्राइम सिएबाट उनले पहिलो सेसन उत्तीर्ण गरिसकेका छन् । अब बाँकी पढाईका लागि सुनितालाई खर्च जोहो गर्ने समस्या थियो ।

कमलामाई नगरपालिकाले विनाधितो ऋण दिने कार्यक्रम थाहा पाएपछि उनले नगरपालिकामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा उनलाई उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले ५ लाख विनाधितो, विनाब्याज ऋण दिने निर्णय गरेको सूचना अधिकारी निर्मल लामाले जानकारी दिए ।

सो निर्णयबमोजिम नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र सुनिताबीच ऋण सम्झौता भएको छ । सो सम्झौतापत्र आज हस्ताक्षर गरेको छ ।

चेक हस्तान्तरण गर्दै नगर प्रमुख खड्गबहादु खत्रीले सुनिताको उज्वल भविष्यको शुभकामना दिइन् । सो अवसरमा उपप्रमुख मञ्जु देवकोटाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here