उखु किसानद्वारा भुक्तानी नपाए भदौ ५ गतेदेखि आन्दोलन गर्ने घोषणा

फाइल तस्बिर

बिहिबार, काठमाडौं ।  उखु किसानहरुले भुक्तानी नपाए भदौ ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उद्योगी र सरकारलाई अल्टिमेटम दिदैँ किसानले भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

सरकारको ध्यानाकर्षण गराउनका लागि उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय, राष्ट्रिय कृषि श्रमिक संघका सचिव गोपाल यादव, किसान रामविलास महतोलगायत काठमाडौं आएर आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

frontline

उनीहरुले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माग पूरा गराउन सरकार र उद्योगीको ध्यानाकर्षण गराए । कोरोना भाइरस (कोभिड) का कारण तत्काल आन्दोलन नगर्ने र सरकारलाई दबाव दिने किसानहरुले उद्घोष गरेका छन् ।

भदौ ५ सम्म सबै किसानले भुक्तानी नपाएमा काठमाडौंमा धर्ना दिने रायले बताए । सरकारले उखुको भुक्तानी दिलाउने घोषणा गरेपनि पूरा गर्न नसकेको भन्दै छिट्टै भुक्तानी दिलाउन उद्योगी तथा सरकारसँग उनीहरुले माग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here