ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असारमा गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिता असार १४ र १५ गते सञ्चालन हुने अध्यक्ष अञ्जन धमलाले जानकारी दिएका हुन्।

ई स्पोर्ट्सको लोकप्रिय खेल विधा पब्जी मोबाइल, मोबाइल लिजेन्ड ब्याङ ब्याङ (एमएलबिबी) र फुटबललाई प्रतियोगितामा समावेश गरिएको उनले जानकारी दिए। प्रतियोगिताका खेलहरू भर्चुअल र फिल्ड इभेन्ट्सका रूपमा सञ्चालन हुनेछन्।

frontline

पब्जी मोबाइलको छनोट भर्चुअलमार्फत हुने र अन्तिम १६ को फाइनल राउन्ड फिल्डमा हुनेछ। मोबाइल लिजेन्डका सम्पूर्ण खेल भर्चुअल र ई फुटबलको प्रारम्भिक छनोट भर्चुअलमा हुनेछ।

सेमिफाइनल र फाइनल खेल भने फिल्ड इभेन्ट्सका रूपमा सञ्चालन गरिनेछ। लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीका हिसाबले सम्भावना बोकेका तीन खेललाई पहिलो राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको धमलाले जनाए।

प्रतियोगिताको पुरस्कार राशि अर्थात् प्राइज पुल १२ लाख रूपैयाँको रहेको छ। जम्मा प्राइज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाइलमा २० प्रतिशत पुरस्कार एमएलबिबी र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिनेछ।

तीनवटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने धमलाले जानकारी दिए। प्रतियोगितामा प्रदेश र क्लब गरी तीन सय बढी टिमका १५ सय बढी खेलाडीले छनोट चरणमा भाग लिने अनुमान गरिएको छ।

टिम दर्ता शुक्रबारदेखि असार १ गतेसम्म खुल्ला रहनेछ। ईसानको वेबसाइटमा गएर टिम दर्ता गर्न सकिनेछ र केन्द्रीय कार्यालय सातदोबाटोमा समेत सम्पर्क गरेर टिम दर्ताको सुविधा उपलब्ध गराइएको धमलाले बताए।

भर्चुअल छनोट असार ४ देखि १० गतेसम्म र ल्यान र इभेन्ट्स असार १४ र १५ गते सुर्खेतमा सञ्चालन हुनेछ। प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष धमलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here