ईशनाथ नगरपालिकाले किन्यो दमकल

मेवालाल यादव 

frontline

रौतहट  । रौतहटको ईशनाथ  नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख कौशल्या देवीले बताए । 

नगरपालिकाले बारुणयन्त्र खरीद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । ईशनाथ नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह राजपुर  नगरपालिका, परोहा नगरपालिका  र गौर नगरपालिका , बौधिमाइ नगरपालिकामा समेत सेवा पुग्ने बताइएको छ । 

ईशनाथमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम गौर , उत्तरी भेगमा रहेको चपुर नगरपालिका  र अन्यत्र जिल्ला बारा , जनकपुरबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । 

ईशनाथ नगरपालिकाले हालसालै वारुण यन्त्र (दमकल) खरिद गरेको छ। यस खरिदले नगरपालिकाको आगलागी नियन्त्रण क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ। यसअघि, आगलागीका घटनामा समयमै नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो । नयाँ दमकलको आगमनले नगरवासीलाई थप सुरक्षाको अनुभूति गराउने विश्वास लिइएको नगर प्रमुख कौशल्या देवीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here