इस्तानबुलमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु
२८ कात्तिक, एजेन्सी । टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटमा ५३ जना घाइते भएका छन् । शहरको भीडभाड हुने क्षेत्रमा विस्फोट गराइएको थियो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगनले घटनामा संलग्न दोषीमाथि कारवाही हुने बताएका छन् ।
विस्फोटपछि सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्