इलाम-२ को उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने
नेपाली कांग्रेसले इलाम क्षेत्र नं-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार सम्पन्न नेपाली कांग्रेसको संसदीय बोर्ड बैठकले कांग्रेस इलामका सभापति समेत रहेका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
इलाम कांग्रेसले खड्कासहित भेषराज आचार्य, केशव थापा,नगेन्द्र कुमाल, रमेश लिङदेन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो।
खड्का २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए। नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।
प्रतिक्रिया दिनुहोस्