इलन मस्कले एक सातामै बिक्री गरे ६.९ अर्ब डलर को टेस्लाको सेयर

३० कार्तिक, काठमाडौं : ‘टेस्ला’ का प्रमुख कार्यकारी अधिकृत तथ विश्वकै सर्वाधिक धनी इलन मस्कले एक सातामै ६.९ अर्ब अमेरिकी डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् ।

मस्कले शुक्रबार माबै १.२ अर्ब डलर बराबरको टेस्ला सेयर बिक्री गरेका थिए । उक्त सेयरसहित गत साता कुल ६.९ अर्ब डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका हुन् ।

frontline

झण्डै ७ अर्ब डलरको सेयर बिक्री गरेपनि मस्कको स्वामित्वमा अझै १६ करोड ६० लाख कित्ता टेस्लाको सेयर रहेको छ । मस्कले स्टक अप्सनसँग सम्बन्धित कर तिर्नका लागि पनि केही सेयरहरु बिक्री गरेको बताइएको छ ।

मस्कले बिक्री गरेपछि टेस्लाको सेयर भाउमा पनि गिरावट आएको छ । गत साता टेस्लाको भाउ १५.४% ले घटेको थियो । एक सातामा देखिएको उक्त गिरावट २० महिना यताकै उच्च हो ।

यद्दपि, यस वर्षको सुरुवातको तुलनामा टेस्लाको भाउ अझै ४६% माथि छ । नोभेम्बर ४ मा टेस्लाको भाउ हालसम्मकै उच्च १२ सय २९ डलरसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here