इरानविरुद्ध पहिलो हाफमै इङ्ल्यान्डको तीन गोल

५ मंसिर, दोहा । इङ्ल्यान्डले फिफा विश्वकपअन्तर्गत इरानविरुद्ध पहिलो हाफमा ३-० को अग्रता लिएको छ। खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी समूह ‘बी’को पहिलो खेलमा एक पटकको च्याम्पियनलाई अग्रता दिलाउन ज्युड बेलिङ्घम, बुकायो साका र राहिम स्टर्लिङले एक-एक गोल गरे।

एसियाली प्रतिद्वन्द्वीमाथि निरन्तर आक्रामण गरेको इङ्ल्यान्डका लागि ३५औं मिनेटमा लुक शले बायाँतर्फबाट गरेको क्रसमा बेलिङ्घमले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।

frontline

जर्मन क्लब बोरुसिया डर्टमन्डमा उत्कृष्ट लयमा रहेक मिडफिल्डर बेलिङ्घमले विश्वकपमा पनि उत्कृष्ट सुरुआत गरे।

पहिलो हाफको निर्धारित ४५ मिनेट सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी मग्वाएरको पासमा साकाले भलीमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर पारेका थिए।

इङ्ल्यान्डसामू निरिह बनेको इरानविरुद्ध तेस्रो गोल स्टर्लिङले ट्याप इन् गरेका थिए। कप्तान ह्यारी केनको क्रसमा ६ यार्ड बक्सभित्र अन्मार्क्ड रहेका स्टर्लिङले एक्रोब्याटिक फिनिसिङ गरे।

आठौं मिनेटमा बल क्लियर गर्ने क्रममा इरानी गोलकिपर अलिरेजा बेरानभन्ड डिफेन्डर माजिद होसेनीसँग ठोक्किएर घाइते भएका थिए। करिब १५ मिनेटको उपचारपछि खेलका लागि तयार भएका अलिरेजालाई १९औं मिनेटमा परिवर्तन गर्नुपरेको थियो।

३०औं मिनेटमा बुकायो साकाले दायाँतर्फबाट दिएको क्रसमा इङ्लिस मिडफिल्डर म्यासन माउन्टले गोल गर्ने सुन्दर मौका गुमाएका थिए। माउन्टले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार साइड नेटमा परेको थियो।

मग्वायरले ३२औं मिनेटमा हेडरमार्फत गरेका प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो। युरोपेली महारथीमाथि काउन्टर अट्याकमा केही आक्रमणका मौका बनाउने कोसिस गरेको इरान सफल हुन सकेन।

आइतबारदेखि कतारमा सुरु भएको विश्वपको पहिलो खेलमा आयोजक कतार दक्षिण अमेरिकी मुलुक इक्वेडरसँग २–० को नतिजामा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here