इरानले भन्यो- अमेरिकाले गरेको हवाई हमलामा मारिएकाको संख्या १८
इरानले मंगलबार अमेरिकाले गरेको हवाई हमलामा मारिएकाको संख्या १८ पुगेको बताएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करमानपुरका अनुसार त्यस आक्रमणमा परी १४२ जना घाइते भएका छन्।
मृतकमा एक बच्चा र दुई महिला पनि छन्। घाइतेमा ६१ महिला र १८ वर्षमुनिका ४४ जना छन्।
अमेरिकाले केही हप्तापछि इरानमा फेरि आक्रमण सुरु गरेको छ।
यस क्रममा अमेरिकी सेनाले बुधबार इरानको सिरिकमा विवाह समारोहमै क्षेप्यास्त्र हानेको छ।
घटनामा बच्चासहित चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ।
जवाफमा इरानले पनि जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी अड्डामा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्