इरानलाई ट्रम्पको चेतावनी : सम्झौतामा सहमत नभए बमबारी अझ ठूलो र तीव्र हुनेछ

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा सहमत नभए बमबारी अझ तीब्र हुने चेतावनी दिएका छन् । 
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा अमेरिका–इरानबीचको तनावबारे टिप्पणी गर्दै सम्झौताका लागि तयार नभए इरानमा अझ तीब्र बमबारी हुने धम्की दिएका हुन् ।

उनले इरानसँगको युद्ध र नाकाबन्दी सम्झौतामार्फत अन्त्य हुन सक्ने बताएका छन् । तर यदि इरान सम्झौतामा सहमत हुँदैन नभए, बमबारी पहिलेभन्दा अझ ठूलो र तीव्र हुन सक्ने उनले चेतावनी दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘दुःखको कुरा, यदि यस्तो भयो भने बमबारी पहिलेको भन्दा धेरै ठूलो र तीव्र हुनेछ ।’

frontline

उनले थप लेखेका छन्, इरानले सहमतिमा स्वीकार गर्छ भने ‘अपरेशन एपिक फ्युरी’ समाप्त हुनेछ ।’ यसअघिको एक रिपोर्टअनुसार, ह्वाइट हाउस इरानसँगको युद्ध अन्त्य गर्न ‘मेमोरन्डम अफ अन्डरस्ट्यान्डिङ’ मा सहमति नजिक पुगेको विश्वास गरिएको छ । रिपोर्टले दुई अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । 
 

129Shares

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here