इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक प्रदर्शन

२ साउन, काठमाडौं । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ ।

प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै दोश्रो ठूलो नुनिलो तालको रूपमा चिनिने उर्मिया तालको पानी सुक्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हो ।

frontline

प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ भन्ने नारा लगाएका थिए । चरम खडेरी र बाँध निर्माणका कारण सन् १९९५ देखि तालमा पानी घट्न थाल्नु अघिसम्म उर्मिया ताल इरानको प्रमुख आन्तरिक पर्यटनको केन्द्र थियो ।

ताल सुक्दै गएपछि अहिले ताल आसपासका होटेलहरूमा कुनै चहलपहल छैन् । इरानको विकट उत्तर पश्चिमी क्षेत्रमा यो ताल वरपरका स्थानीय बासीन्दाले ताल सुक्नुको पछाडि स्थानीय निकायलाई दोष दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here