इराकमा हिंसात्मक प्रदर्शनमा ३० जनाको मृत्यु, ७०० जना घाइते

१४ भदौ, काठमाडौं । इराकको बग्दादमा भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

समाचारसंस्था अलजजिराका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा ७०० जनाभन्दा बढी घाइते भएका छन् । जसमा सैन्य बलका ११० जना सामेल छन् ।

frontline

इराकका शक्तिशाली शिया मुस्लिम धर्मगुरु मुक्तदा अल-सद्रले आफ्नो राजनीतिक जीवन त्यागेको घोषणा गरेसँगै बग्दादमा प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनकारीहरुले सरकारी कार्यालय र राष्ट्रपति भवन कब्जा गर्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको हो । 

हिंसात्मक प्रदर्शनका कारण बग्दादमा उडानहरु प्रभावित भएका छन् । दुबईको इमिरेट्स एअरलाइन्सले बग्दादका लागि तय भएका आफ्ना सबै उडानहरु रद्द गरेको छ । उसले त्यहाँको अवस्था हेरेर आगामी दिनमा उडान हुने नहुने तय गर्ने बताएको छ ।

प्रदर्शनका क्रममा धर्मगुरुका समर्थक र इरानको समर्थनमा रहेका समूहबीच झडपसमेत भएको समाचारमा जनाइएको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि रोक्नका लागि सैन्य प्रशासनले कर्फ्यू लगाएको छ । आफ्ना समर्थकमाथिको दमन रोक्न माग गर्दै धर्मगुरु अनशनमा रहेका छन् ।

गत अक्टोबरमा भएको संसदीय चुनावमा धर्मगुरु अल-सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरेको थियो ।

तर, बहुमत जुटाउन नसकेका कारण उनको पार्टीले सरकार बनाउन सकेन । त्यसयता इराक स्थिर प्रधानमन्त्री तथा सरकारविहीन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here