इराकको विमानस्थल नजिकै अमेरिकी सैन्य क्याम्पलाई लक्षित गरि ड्रोन आक्रमण

एजेन्सी । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सैन्य क्याम्पलाई लक्षित गरि ड्रोन आक्रमण भएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थल नजिकै उक्त आक्रमण भएको हो ।

frontline

उक्त आक्रमण ड्रोनमा विष्फोटक सामग्रीको प्रयोग गरी गराइएको जनाइएको छ । अहिलेसम्म आक्रमण कसले गरेको भन्ने खुलेको छैन् ।

सो घटनामा मानवीय क्षति भए नभएको जानकारी दिइएको छैन् ।

अमेरिकी अधिकारीले इराकको सिया समुदायका मुस्लिम सङ्गठनले उक्त आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

उक्त घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । अहिले इराकमा आतंकवाद विरोधी कार्यक्रम अन्तर्गत २५ सय अमेरिकी सेना इराकमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here