इराकको कोभिड अस्पतालमा आगलागीमा ५० जनाको मृत्यु

इराक । इराकको दक्षिणी भेगको नसिरिया शहरस्थित एउटा कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

आगलागीका कारण अन्य केहिको पनि मृत्यु भएको आशंका गरिएको छ । अन्यको खोजी कार्य भइरहेको एपीले जनाएको छ ।

frontline

हिजो बलुका लागेको आगलागीका कारण दर्जनौँ घाइते भएका छन् । १६ जनाको सकुशल उद्धार गरिएको छ ।

अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here