इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार

८ असार, काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ । तर, राजपत्रको सूचना अनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी पनि दिएको छ ।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरुले नम्बर प्लेट खुइलिने, फुट्ने समस्या आएको भन्दै वास्तविकता के हो ? भनी प्रश्न गरेका थिए ।

frontline

जवाफमा यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या देखिएका स्वीकार गरे ।

महानिर्देशक घिमिरेले मोटरसाइकलको हकमा इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या आएको बताए । ‘फिटिङमा समस्या छ, यो डिजाइनमा भएको त्रुटिले हो,’ उनले भने ।

पर्याप्त अनुसन्धान नगरी इम्बोस्ड नम्बर प्लेटको डिजाइन गरिएकाले अहिले समस्या आएको घिमिरेको स्विकारोक्ति छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here