इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर जोशी पक्राउ

सन्तोषीको परिवारले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि विवेक जोशी पक्राउ परेका हुन् । जोशी र मृतक महतबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धकै कारण सन्तोषीको मृत्यु भएको परिवारको दाबी छ ।

१३ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

frontline

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशी विरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

पक्राउ परेका इन्स्पेक्टर २३ नं.गण तनहुँमा कार्यरत छन् । उनी १६ बेसिकका इन्स्पेक्टर हुन् । जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् ।

इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here