इन्धन मुल्यविरुद्ध विरोध भड्किएपछि काजकिस्तान सरकारद्वारा राजीनामा

२१ पुस, नुर सुल्तान । इन्धनको मुल्यविरुद्ध जारी चर्को विरोध भड्किएपछि काजकिस्तान सरकारले राजीनामा दिएको छ।

सो विरोध भड्किएर हिंसामा परिणत भएपछि बुधबार सरकारले राजीनामा दिएको हो। 

frontline

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायभले सरकारको राजीनामा बुधबार स्वीकार गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

तेलको धनी मानिने मध्यएसियाली मुलुक काजकिस्तानमा पछिल्लो समय लगातार इन्धनको मुल्य बढ्दै गएपछि त्यहाँका मानिसहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए।

सयौं प्रर्दशनकारी र प्रहरीबीच मंगलबार हिंसा भड्किएको थियो। हिंसा भड्किएपछि त्यहाँको मुख्य शहरमा आपतकाल घोषणा गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here