इन्धनको मूल्यवृद्धिबारे सरकारले छानबिन गर्ने

 २६ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले छानबिन गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले छानबिन गर्ने भएको हो।

frontline

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार गरि तीन सदस्यीय उपसमिति गठन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई मारमा पारिएको र राहत दिन उपसमिति गठन गरिएको छ । महिना दिन नपुग्दै पटक पटक गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिँदै आएको छ ।

बैठकमा एमाले नेता एवम् सांसद भीम रावलले नेपालभित्रै पेट्रोलियम पदार्थको खोजी गरेर उक्त कार्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

उनका अनुसार दैलेख र दाङमा पेट्रोल उत्खनन् गर्ने भनिएपनि उक्त कामलाई सरकारले चासो दिएको छैन ।

कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले सरकारले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्नुपर्ने बताएका छन् ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफ्नो धारणा राखेका छन् ।

उनले पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम भएकाले बाध्यत्यताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here