इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

९ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका-५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका हुन् ।

frontline

खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here