इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प, २ को मृत्यु

१३ फागुन, काठमाडौं । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका  छन् ।

frontline

‘हालसम्म दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी प्राप्त भएको छ’, पत्रकारसँग कुरा गर्दै इन्डोनेसियाको राष्ट्रिय विपत् व्यवस्थापन निकायका प्रमुख सुहार्यन्टोले भने । भूकम्पका कारण कैयौं घर र भवनमा समेत क्षति पुगेको छ ।

अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरमा ढलेका घरसहित पश्चिमी पासामन जिल्लाको एक विद्यालयको छत खसेको देख्न सकिन्छ ।

भूकम्पलगत्तै आएको पहिरोपछि उक्त जिल्लामा केही घर पुरिएको अधिकारीको भनाइ छ ।तर, अधिकारीहरूले सुनामीको कुनै चेतावनी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here