इन्डोनेसियामा भिषण बाढीपहिरो, कम्तीमा ५० जनाको मृत्यु

फ्रन्टलाइन, विश्व परिवेश । इन्डोनेसियामा बाढीपहिरोको कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । बाढीमा २७ जनाभन्दा धेरै हराइरहेका छन् । इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।

बाढीमा हराइरहेका तथा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । इन्डोनेसियासँगै छिमेकी देश तिमोर लेस्तेका झण्डै दश हजार घरमा क्षति पुगेको बीबीसीले जनाएको छ। इन्डोनेसियालाई विपद्को जोखिममा रहेको देश मानिन्छ ।

frontline

त्यहाँको आधा जनसङ्ख्या बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा बसोबास गरिरहेका विपद्सम्बन्धी विभिन्न तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here