इन्डोनेसियामा अक्सिजन सङ्कट
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बृद्धि भइरहँदा इन्डोनेसियामा अक्सिजनको सङ्कट चुलिएको छ ।
सरकारले अक्सिजन उत्पादकलाई चिकित्सकीय आवश्यकताको आधारमा आपूर्ति गर्न आदेश दिएको छ ।
अस्पतालहरुले भने अक्सिजन अभावले अवस्था आफ्नो क्षमता बाहिर गएको जनाएको छ ।
बीबीसीका अनुसार कोभिड १९ सङ्क्रमित उपचारार्थ एक अस्पतालका ६३ जनाको समयमै अक्सिजन पूर्ति गर्न नसक्दा मृत्यु भएको छ ।
इन्डोनेसियामा हाल दैनिक २५ हजारभन्दा बढी सङ्क्रमित थपिदै आएका छन् ।
कोरोनाको डेल्टा स्वरुप तीव्र रुपमा फैलिरहँदा इन्डोनेसिया हाल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ ।
हालसम्म २३ लाख ब्यक्ति सङ्क्रमित भएका छन् । ६० हजारभन्दा बढी मृत्यु दर्ता गरिएको छ ।
इन्डोनेसियाको प्रमुख द्वीप बाली र सुमात्रामा गत् सातादेखि लकडाउन लागू गरिएको छ ।
बिरामीको चाप बढ्दा केही अस्पतालले परिसरमै राख्न उपचार सुरु गरेका छन् ।
गत मई महिनाको अपेक्षा जाकार्तामा आइतबार दश गुणा बढी सङ्क्रमित पुष्टि भएका छन् ।
प्रतिक्रिया दिनुहोस्