इन्डोनेसियाका प्रथम राष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू

१० कात्तिक, काठमाडौं :  इन्डोनेसियाका प्रथम  राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले​ धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन्। उनले  मुस्लिम धर्म त्यागेकी हुन्।

राजधानी बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी उनी हिन्दू धर्म अँगालेकी हुन्। उनलाई हिन्दू बन्न तत्कालीन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ।

frontline

सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिलले बताएका छन्। उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ।

सुकार्ने इन्डोनेशियाको पहिलो राष्ट्रपति बनेका थिए। उनी सन् १९४५ देखि १९६७ सम्म इन्डोनेशियाको राष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here