इतिहासमा आज

सन् १९३३ : जर्मनीमा भएको संसदीय निर्वाचनमा हिटलर नेतृत्वको नाजी पार्टीले सबैभन्दा धेरै मत ल्याउँदै पहिलो दल बन्यो । त्यसपछि दोस्रो विश्वयुद्धमा नाजीको पराजय नहुदाँसम्म जर्मनीमा निष्पक्ष निर्वाचन भएन ।

सन् १५५८ : मेक्सिकोमा वनस्पति अध्ययन गर्न पठाइएका स्पेनिस चिकित्सक फ्रान्सिस्को फर्नान्डेजले फर्किंदा युरोपमा चुरोटमा प्रयोग हुने वनस्पति भित्र्याए । 

frontline

सन् १७७० : ब्रिटिस फौजले बोस्टनमा विरोधमा उत्रेर ढुंगामुडा गरिरहेको समूहमाथि गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भयो । यस घटनाले अमेरिकी उपनिवेशमा बेलायतविरोधी भावनालाई थप बढाउन सहयोग गर्‍यो । 

सन् १९१८ : सोभियत संघले देशको राजधानी पेत्रोग्राद (हालको सेन्ट पिटर्सवर्ग)बाट मस्को सार्‍यो । 

सन् १९३१ : महात्मा गान्धि र तत्कालीन ब्रिटिस भायसरोय लर्ड इरिविनबिच लन्डनमा ‘गान्धी–इरविन’ सम्झौतामा हस्ताक्षर भएसँगै पहिलो चरणको भद्र अवज्ञा आन्दोलन रोकियो । 

सन् १९६० : क्युबाली फोटोग्राफर अलबर्टो कोर्दाले विश्वमा सबैभन्दा धेरै पुनः प्रकाशित गरिएकोमध्ये मानिने चे ग्वेभाराको चर्चित ‘गुएरिलेरो हेरोइको’ नामक तस्बिर आजै खिचेका थिए । 

सन् १९७० : आणविक अप्रसार सन्धि कार्यान्वयनमा आयो । सन् २०१३ : ह्युगो चाभेजको मृत्युपछि वर्तमान भेनेजुएली राष्ट्रपति मदुरोले आजकै दिनबाट राष्ट्रपति पद सम्हालेका थिए । 

सन् २०१९ : चर्चित कार्दसियन परिवारकी सदस्य काइली जेनर आजकै दिन विश्व इतिहासकी सबैभन्दा कान्छी अर्बपति बनिन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here