इटालीका प्राध्यापक एन्टोनेल्ला भायोलालाई ज्यान मार्ने गोली सहितको धम्कीपत्र

२४ पुस, रोम । इटालीको कोरोना भाइरससम्बन्धी प्रमुख रोग प्रतिरोध विशेषज्ञमध्येका एक प्राध्यापक एन्टोनेल्ला भायोलालाई उनी र उनको परिवारलाई ज्यान मार्ने धम्कीसहितको पत्रमा एउटा गोली राखेर पठाइएको छ ।

धम्की आए भएयता उनलाई प्रहरीले सुरक्षा दिन थालेको छ । बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइनुपर्दछ भनी आवाज उठाएकै कारण उनलाई आक्रमणका लागि निसाना साधिएको हुनुपर्ने अनुमान गरिएको छ ।

frontline

कोरोना खोपको विवादलाई लिएर नै यसै साता युरोपका थुप्रै मुलुकमा सार्वजनिक व्यक्तित्वहरूलाई चेतावनी दिइने क्रम बढेको छ । फ्रान्समा पनि खोप नलगाएकाहरुलाई सार्वजनिक जीवनबाट बन्चित गर्न कानुन बनाउने सिलसिलामा बहश गर्ने विधायकहरूलाई ज्यान मार्ने धम्की प्राप्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here