इटहरीमा चितुवा निस्कियो, सर्वसाधारण आतंकित

३० जेठ, धरान । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा चितुवा निस्किएको छ। सोमबार बिहानै बाक्लो मानव बस्ती रहेको जुट विकास टोलमा चितुवा देखिएको स्थानीय लक्ष्मी गेलालले जानकारी दिए।

चितुवालाई समयमा नै नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका हुन्। गेलालले चितुवालाई नियन्त्रण नगरेका कारण टोलबासी ढोका बन्द गरेर घरमै बसेको बताए।

frontline

चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन प्रतिबन्ध लगाइएको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताएका छन् ।

उनले इटहरी बासिको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको बताए। कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी परीक्षामा रहेकाले चितुवा नियन्त्रण गर्न केही समय लाग्ने माझिले बताए । स्थानीय बासिले तत्काल चितुवा नियन्त्रण गर्न माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here