इटलीमा खोप लगाउन नपरोस् भनेर जानाजानी संक्रमित व्यक्तिसँग डिनर र वाइनको मजा

३० पुस, नयाँ दिल्ली ।  कोरोना भाइरसको कहरले विश्व आक्रान्त छ । कोरोनासँगै ओमिक्रोन भेरियन्टका बिरामी दिनप्रतिदिन तीव्र गतिमा बढिरहेका छन्।

यस्तो अवस्थामा धेरैभन्दा धेरै मानिसलाई कोरोनाविरुद्ध खोप लगाउन जोड दिइँदैछ । तर, कतिपय यस्ता व्यक्ति छन् जसले खोपविरुद्ध अभियान नै चलाएका छन्।

frontline

खोप लगाउन नपरोस् भनेर उनीहरु आफै जानाजानी कोरोना पोजेटिभ बनिरहेका छन् । इटलीमा यस्तै घटना बाहिरिएको छ।

भर्खरै टस्कनीमा कोरोना संक्रमितसँग पार्टी गरेको खुलासा भएको छ। जहाँ मानिसहरु कोभिड पोजिटिभ व्यक्तिसँग डिनर र वाइनको मजा लिइरहेका थिए । यसमा सामेल हुन ११ हजार रुपैयाँ शुल्क राखिएको थियो। 

इटालीमा १ फेब्रुअरी २०२२ देखि कोरोना खोप अनिवार्य बनाउन थालेपछि खोप विरोधीहरुले कोरोना संक्रमित खोजीखोजी उनीहरुसँग डिनर र वाइन पार्टी गरेका हुन्।

त्यहाँको सरकारले  ५० वर्ष माथिकालाई खोप लगाउन अनिवार्य बनाउन लागेको हो । सरकारले खोप नलगाउनेलाई कारबाही र जरिवाना गर्ने समेत बताएको छ।

जसले गर्दा खोप विरोधीहरुको जागिर पनि जानसक्छ। तर, यसका बाबजुद पनि केही मानिसहरू खोप लगाउन तयार छैनन्। 

उनीहरुले खोप लगाउनुको सट्टा आफैलाई कोरोना भाइरस सार्न यस्तो अभियान थालेका हुन्। यसका लागि उनीहरुले १० हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन्। 

आफ्नो पैसा खर्च गरेर उनीहरु पनि कोरोना पोजेटिभ होस् र भ्याक्सिन लिनु नपरोस् भनेर गोप्य रुपमा संक्रमितसँग पार्टी गरिरहेका छन् । वास्तवमा संक्रमित व्यक्तिहरूलाई केही समयका लागि खोप दिइने भने छैन। 

भर्खरै टस्कनीमा कोभिड पार्टीको खुलासा भएको थियो। जहाँ मानिसहरु कोभिड पोजिटिभ व्यक्तिसँग डिनर र वाइनको मजा लिइरहेका थिए । यसमा सामेल हुन ११ हजार रुपैयाँ शुल्क राखिएको थियो।

द डेली बिस्ट’ले इटालियन पुलिसलाई उद्धृत गर्दै भनेको छ कि एक एन्टि भ्याक्सरले अनलाइनमा लेखे – ‘म तुरुन्तै कोभिड पोजिटिभ व्यक्तिको खोजीमा छु। म भुक्तानी खोज्दै छु।’

इटलीमा हिजोआज कतिपय मानिसहरु कोभिड पार्टीको खोजीमा घुमिरहेका छन् । तर, इटालीबाट कोभिड पार्टीको रिपोर्ट आएको यो पहिलो पटक भने होइन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here