इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

फाइल तस्बिर

२७ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त भएका हुन् ।

frontline

रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here