इजिप्टको एउटा चर्चमा आगलागी, ४१ जनाको मृत्‍यु

२९ साउन, काठमाडौं । इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गएको छ । राजधानी कायरोमा रहेको अबु सिफाइन चर्चमा भएको आगलागीमा परि ४१ जनाको ज्यान गएको चर्चका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ । 

आगलागीकाे कारणबारे थाहा भएको छैन । अहिले आगाे निभिसकेकाे छ । आगलागीको घटनापछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागी नियन्त्रण, उद्धार, उपचार तथा राहतका लागि राज्य संयन्त्र परिचालन गरेको आफ्नो फेसबुक पेजमार्फत बताउनुभएको छ । 

frontline

इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका ठूला घटना भएका छन् । सन् २०२१ को मार्चमा कायरोको पूर्वी उपनगरमा रहेको कपडा कारखानामा भएको आगलागीमा कम्तीमा २० जनाको ज्यान गएको थियो ।

यस्तै सन् २०२० मा दुई वटा अस्पतालमा भएको आगलागीमा १४ जना कोरोना सङ्क्रमितको ज्यान गएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here