इजरायली राष्ट्रपति इसहाक बाबी यार नरसंहारको वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ प्रस्थान

जेरुसेलम, २० असोज ९रासस९एफपी० ः इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलबार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्् ।

उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो । नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए ।

frontline

ती मध्ये अधिकांश यहूदी थिए । गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए ।

र्याभिन ९खोला० जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यसस्थलमा यहूदी, रोमा, र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहूदी वंशका हुन् उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए ।

गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनु हुँदैन भनेका थिए ।

उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here