इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू १२ वर्षपछि पदबाट मुक्त

सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति

काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् ।

frontline

पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।

संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए ।

तीव्र प्रतिस्पर्धाका कारण उनले अन्तिमसम्म पनि हार स्वीकार गरेका थिएनन् ।

अब उनी इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रुपमा भने रहिरहने छन् ।

उल्लेखनीय कुरा यो छ कि नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् ।

उनी पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

पहिलो पटक उनी १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहे भने त्यसपछि २००९देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बनेका थिए ।

६० प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here