इजरायलमा प्यालेस्टाइनी बन्दुकधारीको आक्रमणमा पाँचजना मारिए

१६ चैत, जेरुसेलम ।  इजरायलको तेल अभिभमा मंगलबार साँझ एकजना प्यालेस्टाइनी बन्दुकधारीको आक्रमणमा परी पाँच व्यक्तिले ज्यान गुमाएका छन् । एक साताभित्रै भएको यो तेस्रो डरलाग्दो हिंसात्मक आक्रमण हो । 

इजरायलकै सबैभन्दा घना बस्ती रहेको अल्ट्रा–अर्थोडक्स यहुदी क्षेत्रहरूमध्ये एक नेइब्राकमा यो घटना घटेको हो । घटनास्थलमा उपस्थित एक स्वास्थ्यकर्मीले आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको बताएका छन् ।

frontline

गत मंगलबार र आइतबार इजरायली अरबहरूबाट भएका आक्रमणमा ६ जनाको ज्यान गएपछि इजरायली सुरक्षा फौज निकै उच्च सतर्क अवस्थामा बसेको थियो । 

इजरायली प्रधानमन्त्री नाफ्ताली बेन्नेटले अहिले मुलुकले आतंकवादको एउटा नयाँ लहरको सामना गरिरहेको प्रतिक्रिया दिएका छन् । 

सार्वजनिक भएका भिडियो फुटेजहरूमा कालो पोशाक लगाएका व्यक्तिले एम १६ एसल्ट राइफलबाट नेइब्राकको आवासीय क्षेत्रको सडकमा अन्धाधुन्ध गोली हानिरहेको देखिन्छ ।

इजरायली सञ्चार माध्यमले ती आक्रमणकारीले सबैभन्दा पहिले एउटा किराना पसल बाहिर बसिरहेका दुईजना युक्रेनी पुरुषलाई गोली हानेर मारेको जनाएको छ ।

उनले नजिकैबाट गइरहेको एउटा कारमा गोली चलाउँदा कार चलाइरहेका एक पुरुषको पनि ज्यान गएको छ । दुईजना प्रहरीले हस्तक्षेप गर्नुअघि उनले अर्को चौँथौ व्यक्ति मार्न भ्याएका थिए । गोली हानाहानको क्रममा एकजना प्रहरी पनि मारिएका छन् । 

एम्बुलेन्स सेवाका स्वास्थ्यकर्मी म्यागेन डेबिड एडोमले आफू आक्रमणकारीको सामुन्ने पर्दा उनको राएफल जाम भएको कारण भाग्यले बचेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here