इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान

६ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङलाई जेल चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउनका लागि श्रीमती शाक्य संलग्न भएको भन्दै जेल चलानको आदेश दिएको हो ।

frontline

बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले यस्तो आदेश दिएका हुन् ।

उनी गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी थिइन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

सिभिल सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो ।

तामाङले सिभिल सहकारीबाट विना धितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा नै श्रीमती सिर्जना र दुई छोरीलाई अंशबण्डा गरेको समेत खुलासा भएको छ ।

यसअघि १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here