आमा तिमी गएको दिन
सरिता खड्का
आमा तिमी गएको दिन ।
संसार सुँन्य भएको दिन ।
बाह्र बजे मध्यान्हमा गर्दै थिए काम ।
फोन आयो लडेर मस्तिष्क भो जाम ।
कामै गर्न छोड्यो हात खुट्टा भयो लुलो ।
के हुन्थ्यो र दुख मनमा त्यो भन्दा खै ठुलो ।
आशुधारा बग्न थाले कँहा सक्थ्यो रोक्न ।
लाखौ किलो हुन्थ्यो पीडा मिल्ने भए जोक्न ।
खबर आयो ठीक छ अहिले होस आयो भनि ।
दौडे भेटन पल सेकेन्ड मिनेट मिनेट गनि ।
यति सुनि दीनु मेरो मनकामनामाई ।
मेरै वली दिनु परे दिउला तिमीलाई ।
प्राथना गर्दै गर्दै बाटै भरि जप्दै ।
बलिनधारा आसु संगै पिडा थप्दै थप्दै ।
१२ घण्टा लाग्ने बाटो १२ वर्ष द्मmै भो ।
२ दिन अघि भन्थ्यौ आमा जेठो छोरा तै हो ।
बेहोशी मै अस्पताल मान्छे यत्र तत्र ।
मिल्ने भए मै बस्दीन्थे आईसियुमा नत्र ।
केही आशा छ बाच्न सक्ने शान्तवना दीदै ।
त्यतिकै मा आए डाक्टर लासको बेड लिदै ।
ह्े भगवान पुरै आकाश खस्यो टाउको माथी ।
७२ को भुकम्पमा मै मरे भा जाती ।
कँहा गयौ खै स्वर्ग भन्ने ठाँउ कहाँ छ कुन्नी ।
कस्तो भयो सास जादा मन थियो के सुन्नु ।
जे कुरा मा जित्ने आमा मृत्यु संग हारेउ ।
जिन्दगी भर पुग्ने अब पार्नु पिर पारेउ ।
७ वर्ष नि ७ दिन जस्तै ताजै लाग्छ अहिल्यै ।
सतकर्ममा हिडने शत्ति दिनु आमा जहिल्यै ।
प्रतिक्रिया दिनुहोस्