आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन
काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ।
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महर्जनको कोभिड–१९ का कारण सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ।
आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए।
प्रतिक्रिया दिनुहोस्