आप्रवासी समस्या रुसी राष्ट्रपतिको रचनामा भएको पोल्यान्डका प्रधानमन्त्रीको आरोप

२४ कात्तिक, वार्स : पोल्यान्डका प्रधानमन्त्री मातेउस्ज मोराविएकीले बेलारुस आप्रवासी समस्या रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रचनामा भएको आरोप लगाएका छन्। बेलारुस सिमानामा हजारौँ आप्रवासी तथा शरणार्थीहरू पोल्यान्ड जबरजस्ती प्रवेश गर्न खोजिरहेका छन्।

सो समस्याको ‘मास्टरमाइन्ड’ मस्को रहेको प्रधानमन्त्री मोरावएकीले आरोप लगाएका हुन्।

frontline

अहिले सिमानामा कम्तिमा २ हजार आप्रवासी पोल्यान्ड प्रवेशका लागि पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू जबरजस्ती पोल्यान्ड प्रवेश गर्न खोजेपछि सिमानामा हजारौँ पोल्यान्ड सैनिक परिचालित भएका छन्।

मंगलबार युरोपियन युनियन (ईयू)ले बेलारुस बदला लिनका लागि आप्रवासीलाई उक्साइरहेको आरोप लगाएको थियो। पश्चिमा मुलुकले आफ्ना राष्ट्रपतिलाई लगाएको प्रतिबन्धको बदला ईयूका सदस्य राष्ट्रमा आप्रवासी तथा शरणार्थी पठाएर लिन खोजेको ईयूले आरोप लगाएको हो।

सामाजिक सञ्जालमा बाहिरिएका भिडियोमा बेलारुसबाट सिमानामा सयौँ मानिस पोल्यान्ड प्रवेश गर्न खोजिरहेका छन्। कतिपयले तारघेरा तोड्न समेत खोजेका छन्। उनीहरूलाई पोल्यान्ड सेनाले रोकिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here