आपसी झडपमा एकको मृत्यु, एकजना गम्भीर घाइते

बिहीवार, ओखलढुंगा ।  ओखलढुंगा  सिद्धिचरण नगरपालिका–५ चित्रेस्थित बाटोमा आपसी झडपमा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबीच बाटोमा अपसी विवाद भइ कुटाकुट हुँदा  पासाङ तेञ्जी शेर्पाको मृत्यु भएको हो। 

frontline

मंगलबार राति भएको झगडामा दुबै जना गम्भीर घाइते भएका थिए।

सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा पासाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते आङगुबु शेर्पाको अस्पतालमा उपचार भइरहेको छ। 

उनको अवस्था पनि गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी गरेको बताइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here