आन्तरिक शान्ति सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन गृहमन्त्री लामिछानेको निर्देशन

फाइल फोटो

१२ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शीतलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।

frontline

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । बैठक गृहमन्त्री लामिछानेकै अध्यक्षतामा बसेको थियो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शीतलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । बैठक गृहमन्त्री लामिछानेकै अध्यक्षतामा बसेको थियो । 

बैठकमा गृहसचिव सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here