आज साउन महिनाको पहिलो सोमबार,भगवान शिवको पूजाआराधना गरिदै
२ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजाआराधना गरिएकाे छ ।
आज सोमबार विशेष गरेर महिलाहरुले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने गर्दर्छन् । साउन महिनाभर भगवान शिवको विशेष व्रत बस्ने चलन समेत रहेको छ ।
साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । पशुपति मन्दिर दर्शन गर्न पुगेकाहरुको लागि ४ ठाउँबाट लाइनको व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्