आज संसद बैठकमा नेता गिरिको निधनको शोक प्रस्ताव पारित गरिने
६ भदौ, काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।
प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्