आज विश्व एड्स दिवस, एड्सबाट मृत्यु भएकाहरुको चीर शान्तिका लागि दीप प्रज्वलन

१५ मंसिर, काठमाडौं । आज विश्व एड्स दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बुधबार साँझ गौशाला प्रहरी वृत्त अगाडि दीप प्रज्वलन गरिएको थियो। माइती नेपालले दीप प्रज्वलनको आयोजना गरेको हो।

३५ औं एड्स दिवसको अवसरमा एचआईभी एड्सबाट मृत्यु भएकाहरुको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

frontline

माइतीघर मण्डलामा पनि दीप प्रज्वलन गरिएको थियो। हरेक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here