आज यी प्रदेशमा हुरी र असिनासहित वर्षाको सम्भावना
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा ३४.४ मिलिमिटर भएको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६:३८ बजे जनाएको छ।
मौसम महाशाखाका अनुसार उक्त अविधमा कोसी, बगमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
आजका लागि यस्तो छ प्रक्षेपण–
२०८३ असोज २१ गते (बुधबार)
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल तथा बाँकी तराई भेगमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसलगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।






प्रतिक्रिया दिनुहोस्