आज नेप्से परिसूचक सामान्य अंकले बढ्यो

सोमबार, काठमाडौं ।  सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

नेप्से परिसुचक १.५४ अंक बढेर ३१०९.६६ विन्दुमा बन्द भएको छ।

frontline

साताको पहिलो कारोबार दिनपनि नेप्से ०.६७ अंकले बढेर ३१०८.१२ अंकमा पुगेर रोकिएको छ। 

सोमबार २२४ कम्पनीको १ लाख २८ हजार ९५९ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

हिमालयन पावरपार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

यस्तै जलविद्युत समूहको सूचक भने ११९ अंकले बढेको छ । फाइनान्स ९० र जीवन बीमा समूह ४८ अंकले बढेको छ।

लघुवित्त, उत्पादन र विकास बैंक समूह भने समान ५५ अंकले घटेका छन्। व्यापार समूह ४३ र होटल ३७ अंकले घटेको छ।

हिमालयन पावरपार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावरलगायतका ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै अरुण भ्याली हाइड्रोपावरको ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

माथिल्लो तामाकोशीको ५९ करोड, अपि पावरको ५३ करोड, सिनर्जी पावरको ५० करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here