आज नाग पञ्चमी, परम्परा अनुसार घरको मूल ढोका मा नागको तस्वीर टाासेर पूजा अर्चना गरिदैँ

शुक्रबार, काठमाडौं । आज श्रावण शुक्ल पञ्चमी । आजको दिनलाई नाग पञ्चमी पनि भनिन्छ । आज परम्पराअनुसार घरको मूल ढोकामा नागको तस्वीर टाासेर नागको पूजा अर्चना गर्ने प्रचलन छ ।

नागको तस्वीर टाँसेर पुजा गर्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

frontline

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा चलेको हो ।

आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here