आजबाट काठमाडौं महानगरभित्रका अनधिकृत परिचयपाटी हटाउँदै नगरप्रहरी

२८ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचयपाटी हटाउन सुरु गरेको छ । महानगरले अनधिकृत परिचयपाटी हटाउन दिएको ३० दिने अल्टिमेटम सकिएसँगै हटाउने काम सुरु गरेको हो ।  

तोकिएको समयसीमा भित्र नहटाउने परिचयपाटी हटाउन सुरु गरेको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । “सपरिचयपाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ ।

frontline

यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ,”  उनले भने, “३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ ।”

अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिने महानगरले जनाएको छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।

भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाइने महानगरले जनाएको छ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचयपाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने करको दरसमेत उल्लेख गरेर अल्टिमेटम जारी गरेको थियो । 

६ वर्ग फुटसम्मको परिचयपाटीको वार्षिक शुल्क पाँच सय रुपैयाँ तोकिएको छ । १५ बर्गफुटसम्मको १ हजार पाँच सय रुपैयाँ रुपैयाँ तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here