आजदेखि प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरी गाडी चलाए एक लाख जरिवाना

१ पुस, काठमाडौं । वन तथा वातावरण विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन हुने सवारीसाधनलाई शुक्रबारदेखि एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ।

विभागले गत मंसिर २२ गते सूचना प्रकाशन गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो।  

frontline

प्रदूषण जाँच नगरेका गाडीलाई कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ।

विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत भनेको छ।

अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी विभागले दिएको छ। कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ ।

छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गर्ने चेतावनी पनि विभागले दिएको छ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहोर जलाएको पाइएमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गर्ने पनि विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here