आजदेखि एक हप्ता उपत्यकाको फोहोर नउठ्ने, सार्वजनिक ठाउँमा नफाल्न आग्रह

८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि एक सातासम्म फोहोर संकलन नहुने भएको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहोरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहोर संकलनको काम रोकेको हो ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहोर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

frontline

उपत्यकाका १८ वटै स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने भएको छ । सडक मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।

उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here