आगो नियन्त्रणका लागि सिम्रिकको हेलिकोप्टर दमौली गयो

सान्केतिक तस्बिर

२२ फागुन, तनहुँ । दमौलीमा लागेको आगो नियन्त्रणका लागि गृहमन्त्रालयले सिम्रिक एयरको हेलिकोप्टर पठाएको छ।

फायर फाइटिङसहितको हेलिकोप्टर केहीबेर अगाडि दमौली प्रस्थान गरेको हो।

frontline

९ एन ए जे जेड कलसाइन भएको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल छन्।

दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृहमन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो

दमौली नजिकैको खोलाबाट पानी लगेर फायर फाइटिङ टोलीले आगो नियन्त्रणमा लिने प्रयास गर्नेछ।  

सिम्रिक एयरले यसअघि बालाजु औद्योगिक क्षेत्र र शिवपुरी जंगलमा लागेको आगो नियन्त्रणमा लिएको थियो। 

सामाजिक उत्तरदायीत्वलाई मध्यनजर गर्दै  सिम्रिक एयरले शिवपुरीको जंगलको आगो नियन्त्रणमा निशुल्क सेवा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here