आगामी ३ दिन पहाडी भू-भागका विभिन्न स्थानमा वर्षाको सम्भावना

फाइल तस्बिर

९ चैत, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले आगामी तीन दिन देशको पहाडी भू-भागका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।

देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

frontline

महाशाखाका अनुसार हाल मौसमको अवस्था पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षा हुने तर अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ।  

बिहीबार र शुक्रकार पनि देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने तर अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको छ।  

आगामी २४ घण्टा देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here